शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ६५ सहित देशभर थप १७१ जनामा कोरोना पुष्टि, २५९ डिस्चार्ज

२० माघ, २०७७ १७:०९ मा प्रकाशित

586 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६५ जनासहित देशभर थप १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६६ हजार ८५९ जनाले कोरोना जितेका छन् ।

देशभर २ हजार ४०० जना संक्रिय संक्रमित रहेका छन् । ९५ जना क्वारेन्टाईनमा छन् भने ८६४ जना आईसोलेसनमा रहेका छन् । यस्तै २१ जनाको भेन्टिलेटरमा र १२८ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome