बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा ५५ सहित देशभर थप १४२ जनामा कोरोना पुष्टि, २०६ डिस्चार्ज

२१ माघ, २०७७ १७:२४ मा प्रकाशित

574 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५ जनासहित देशभर थप १४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६७ हजार ६५ जनाले कोरोना जितेका छन् ।

देशभर २ हजार ३३५ जना संक्रिय संक्रमित रहेका छन् । ९५ जना क्वारेन्टाईनमा छन् भने २ हजार ३३५ जना आईसोलेसनमा रहेका छन् । यस्तै २१ जनाको भेन्टिलेटरमा र १२८ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome