बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

प्रमुख आयुक्त नियुक्त भएकै दिन जोशीले दिए राजीनामा

२१ माघ, २०७७ १७:४४ मा प्रकाशित

568 पटक पढिएको

ganesh raj joshi

काठमाडौं – प्रमुख आयुक्तसहित तीन आयुक्त नियुक्त भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् ।

चैत १९ गते अनिवार्य अवकाश हुँदै गरेका आयुक्त जोशीले राजीनामा दिएका हुन् । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरे अवकासपछि डा. जोशी कार्यवाहक प्रमुख आयुक्त भएका थिए ।

बुधबार राजीनामा दिएका जोशी आयोगबाट बिदा भएका छन् । उनले राजिनामासँगै मोबाइल क्वीच अफ गरेका छन् ।

जोशीको राजीनामासँगै अख्तियारमा पुन: एक आयुक्त पद खाली भएको छ । जोशीको राजीनामापछि आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त डा.सावित्री थापा गुरुङ, जयबहादुर चन्द र किशोरकुमार सिलवाल छन् ।

अख्तियारको आधिकारिक वेवसाइटबाट उनको नामसमेत हटाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome