सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

ताप्लेजुङमा आगलागी: पाँच घर जल्दा, ५६ लाखको क्षति

२१ माघ, २०७७ १७:४६ मा प्रकाशित

289 पटक पढिएको

fire at taplejung

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा मंगलबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट ५ घर जलेका छन् । स्थानयि दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेको स्थानीयले बताएका छन् ।

स्थानीय भीम थेबेका अनुसार दिउँसो करिब साढे तीन बजे आगलागी सुरु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति भने नभएको सिनाम बहुमुखी क्याम्पसका प्रमुख महेन्द्र गौतमले जानकारि दिए । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

इलाका प्रहरी कार्यालय तेल्लोकका प्रमुख अर्जुन पोख्रेलका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको हो। आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पोख्रेलको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome