मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, नेता रामचन्द्र झा घाइते

२२ माघ, २०७७ १७:५९ मा प्रकाशित

733 पटक पढिएको

riot in janakpur

जनकपुरधाम – नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीहरुले जनकपुर बजार बन्द गराउँदै हिंड्दा शिव चोकमा प्रहरीसँग झडप भएको हो। झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। झाको टाउको फुटेको छ।

झडपको क्रममा केही गाडीमा समेत तोडफोड भएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको छ। हाल शिव चोक क्षेत्रमा अवस्था तनावग्रस्त नै छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome