शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

बन्दमा प्रचण्ड-नेपाल र ओली समूहका कार्यकर्ताबीच झडप

२२ माघ, २०७७ १८:१० मा प्रकाशित

607 पटक पढिएको

riot in dhangadi

सिन्धली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ । प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो ।

प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो । ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो ।

तर, नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ ।

बन्दका कारण सिन्धुली बजार, विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प छन् । केहीमात्रमा विद्यालय संचालन भएपनि अधिकांश विद्यालय बन्द गरिएको छ । बन्द सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहका गणेश पहाडि, राजन दाहाल, कमलजंग राईलगायत सयौं नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । थप संभावित झडपलाई मध्यनजर गर्दै सिन्धुली सदरमुकामलगायत राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामकुमार खत्रीले बताए ।

धनगढीमा पनि प्रचण्ड-नेपाल र ओली समूहबीच तनाव

धनगढीमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल र केपी ‌ओली समूहका कार्यकर्ताबीच तनाव भएको छ। प्रधानमन्त्री केपी ओली समूहका अनेरास्ववियुका संयोजक कुमार बढेलाको गाडीको साँचो प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले खोसेपछि झडपको अवस्था सृजना भएको हो। धनगढीमा दुबै पक्षका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विभिन्न ठाउँमा टायर बालेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले मुख्यमन्त्री कार्यालय, ट्राफिक चोकलगायत मुख्य बजारमा सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।

यता ओली पक्षका कार्यकर्ता भने बन्द गराउन पाइँदैन भन्दै आमहडतालको विरोधमा प्रदर्शन गरिरहेका छन्। केही समयअघि दुवै पक्षका कार्यकर्ताबीच ट्राफिक चोकमा जम्का भेट हुँदा सामान्य झडप भएको थियो। प्रहरीले हस्तक्षप गरेर भीड नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले दुवै समूहलाई भेट्न दिएको छैन। कुनै अप्रिय घटना हुन नदिन धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धनगढीबाट संघीय राजधानी चल्ने र छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् । सुदूरपश्चिमका पहाडि जिल्लाको यातायात पनि ठप्प रहेको छ । धनगढी र आसपासका जिल्लाका शैक्षिक संस्था पनि बन्द छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome