आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

दार्चुला पहिरोमा बेपत्ता दुईजनाको शव भेटियो

६ श्रावण, २०७७ १२:३९ मा प्रकाशित

813 पटक पढिएको

darchula landslide victim

दार्चुला – जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घर माथिबाट खसेको पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ। पहिरोमा परी ३५ वर्षीय लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता अरुण दर्जी र मिलन दर्जी दुवैको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ। उनी दुवैजना लक्ष्मी ढोलीका भाइ रहेको जनाइएको छ।

एकजना घरभित्र सुरक्षित रहेको र उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए। मंगलबार बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक पुरिएको छ ।

घटनामा ढोलीकी छोरी सोनिया घरभित्रै अड्किएको र उद्धारकार्य भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome