मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

२४ घण्टामा देशभर थप १७१ जनामा कोरोना पुष्टि, २२७ डिस्चार्ज

२२ माघ, २०७७ १८:२६ मा प्रकाशित

536 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६७ हजार २९२ जनाले कोरोना जितेका छन् ।

देशभर २ हजार २७७ जना संक्रिय संक्रमित रहेका छन् । ९२ जना क्वारेन्टाईनमा छन् भने २ हजार २७७ जना आईसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome