मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

आमहड्तालमा एमसीसीविरुद्धको नारा लाग्दा को घुस्यो भनेजस्तो पर्‍यो : प्रचण्ड

२३ माघ, २०७७ ११:१३ मा प्रकाशित

250 पटक पढिएको

pushpa kamal dahal prachanda

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमहड्तालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको नारा लाग्दा को घुस्यो भनेजस्तो परेको टिप्पणी गरेका छन्। शुक्रबार राजधानीमा केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी पार्टीभित्र छलफल चलेपनि पार्टीले अन्तिम निर्णय गरीनसकेको बताए।

उनले संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्ति विरुद्धको भएको हडतालमा १० थरीका नारा लगाउनुभन्दा नारा जे आन्दोलनको आजको ठोस कार्यक्रम हो त्यहि केन्द्रीत गरौं भनेको प्रस्ट्याए।

‘नारा त थुप्रै लगाउन सकिन्छ। एकातिर एमसीसीको बारेमा औपचारिक पार्टीले निर्णय गरिसकेको छैन, त्यो अवस्थामा, अर्कोतिर आन्दोलन एउटा विषयमा केन्द्रीत गरेर त्यसमा प्रतिवाद गर्नका लागि बोलाइएको छ, १० वटा ५० वटा नारा लगाउन थालियो भने झन् त्यसले चाहिँ हाम्रो जुन प्रहारको निसाना हो त्यो कमजोर हुन्छ भन्ने अर्थमा मात्रै मैले।’ उनले भने, ‘बीचमा फ्याट्ट एउटा लगाइदिनुभो, न विषय छ, न प्रसंग। अब संघर्ष समितिले बनाएका नारा एकातिर छन्, बीचमा प्याच्च हालिदिएको छ। मलाई चाहिँ के भयो भने छ्याट्ट दिमागमा को घुस्यो भनेजस्तो पर्‍यो के मलाई।’

‘भनेको नारा लगाउनुपर्छ, हाम्रै साथीहरु हुन ती त । त्यस्तो ठानेर मैले कथाकथित उक्त नारा नगर्नुस् भनेर भनेको मात्रै हो’प्रचण्डले थपे ‘त्यसको अर्थ एमसीसीको पक्षमा गएँ, मैले नीति बदले भन्ने होइन।’उनले एमसीसीलाई लिएर पार्टी भित्र गम्भीर रुपमा विषयलाई छलफल गरिरहेको बताए।

अमेरिकी राजदूत भेटेको प्रसंग उल्लेख गर्दै प्रचण्डले एमसीसी रिजेक्ट नगरेको भएपनि परिमार्जन गर्नु जरुरी भएकाले यतिकै हुन्छ भन्ने पक्षमा आफू नभएको धारणा राखे।

बिहीबार प्रचण्ड-माधव समूहको आमहड्तालमा प्रचण्ड सहभागी भएको समयमा एमसीसी मूर्दावाद भन्दै नारा लागेको थियो। मुठ्ठी उठाउँदै झार्दै मुर्दावाद भनिरहेका प्रचण्ड माइकबाट एमसिसी चाहिँदैन भनेपछि अचानक झस्किएका थिए। र नेता-कार्यकर्ताले एमसीसीविरुद्ध निरन्तर नारा लगाएपछि प्रचण्डले रोकेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome