बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट, ३५ लाख बराबरको क्षति

२३ माघ, २०७७ ११:१७ मा प्रकाशित

401 पटक पढिएको

fire at udaypur

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा बिहीबार दिउँसो आगलागीबाट दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

स्थानीय भोलु चौधरीको घरमा अचानक आगो सल्किदा छिमेकी रामेश्वर चौधरीकोसमेत घर जलेको छ । आगलागीबाट दुबै जनाको दुई/दुई तले दुई वटा घर, काठ, घरमा रहेको अन्नपात भाँडावर्तन लत्ताकपडा नगद जलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार दुबैको गरी अन्दाजी ३५ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । आगो इलाका प्रहरी कार्यालय सुन्दरपुर र दमकलको सहयोगमा स्थानीयले एक घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome