बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

नेपालको राजनीति रेफ्री बिनाको खेल जस्तै भयो : कमल थापा

२३ माघ, २०७७ ११:१८ मा प्रकाशित

688 पटक पढिएको

kamal thapa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको राजनीति रेफ्री बिनाको खेल जस्तै भएको बताएका छन् । राजतन्त्र प्रजातन्त्रको बाधक नभएको भन्दै उनले नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताए ।

राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिन सक्दैन भन्नेहरु नै लोकतन्त्रको हत्या भयो भन्दै सडकमा गएको भन्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा थापाले राजा नहुँदा नेपालको राजनीति रेफ्री बिनाको खेलजस्तै भएको उल्लेख गरेका हुन् ।

‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडकमा उत्रिएका छन्।राजसंस्था प्रजातन्त्रको वाधक होइन।संविधानको परिधिभित्र राख्ने होभने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ’, थापाले ट्वीटरमा लेखेका छन्, ‘अहिले नेपालको राजनीति रेफ्री बिनाको खेल जस्तो छ।’

एकले अर्को नेतालाई समाप्त पार्ने प्रतिस्पर्धाले परिस्थिति नियन्त्रणबाट बाहिर गएको भन्दै उनले चिन्तासमेत व्यक्त गरेका छन् । उनले यही अवस्था रहे विदेशीको हातमा देशको बागडोर जाने खतरा औंल्याए ।

‘जसको शक्ति उसको भक्ति कायम छ।एकले अर्कोलाई समाप्तपार्ने प्रतिस्पर्धा चलेको छ।मुठभेड बढदै जाँदा राजनीतिक दलरनेताको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ’, उनले थप लेखेका छन्, ‘त्यो रिक्ततामा गैरराजनीतिक शक्ति र बिदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ।’

थापाले परिस्थिति बिगार्न देशीविदेशी शक्ति क्रियाशील भएकोसमेत बताएका छन् । उनले यो अवस्थामा प्रधानमन्त्री ओलीको एउटा गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगर्न आग्रह गरे । उनले राजनीतिक अवस्था बुझेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘परिस्थिति बिगार्न देशीविदेशी शक्ति क्रियाशील छन्।एकले अर्कोलाई गलत प्रमाणितगर्ने होडमा कोहीपनि अन्धो र मतिभ्रम नबनौं।केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ’, उनले थप लेखेका छन्, ‘यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome