सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

सिन्धुलीमा खुकुरीले रेटेर भाइले गरे दाजुको हत्या

२३ माघ, २०७७ ११:१९ मा प्रकाशित

358 पटक पढिएको

murder graphics

सिन्धुली – सिन्धुलीमा आफ्नै भाइले खुकुरीले रेटेर दाजुको विभत्स हत्या गरेको आरोप लागेको छ । जिल्लाको मरिण गउँपालिका– ३ मथौलीका ४१ वर्षीय काइला भन्ने मानबहादुर बम्जनले घरायसी विवाद हुँदा आफ्नै दाजु ४८ वर्षीय चेतबहादुर बम्जनलाई खुकुरीले रेटेर हत्या गरेका हुन् ।

भाइ मानबहादुरले बिहीबार दिउँसो घरभित्रै कोठामा दाजु चेतबहादुरलाई खुकुरीले घाँटी रेटेर र बन्चरोले हिर्काएर हत्या गरेको मरिण गाउँपालिकाका प्रवक्ता तथा उक्त वडाका वडाअध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।

‘हामी घटनास्थलमा आइपुगेका छौं । घरभित्रै ढोका थुनेर भाइले दाजुको विभत्स हत्या गरेका रहेछन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी समेत आइपुगेको छ’, उनले भने ।

भाइ मानबहादुरलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको वडाअध्यक्ष मोक्तानले बताए ।

मृतककी श्रीमतीले यस अघिनै अर्कैसँग विवाह गरिसकेकी छन् । मृतक चेतबहादुरको एक भाइले पनि यस अघि भीरबाट हामफालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome