सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

संविधानको रक्षाका लागि सर्वोच्च अदालत गएँ : सभामुख सापकोटा

२३ माघ, २०७७ १७:०६ मा प्रकाशित

567 पटक पढिएको

agni sapkota

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघनभएपछि संविधानको रक्षाका लागि सर्वोच्च अदालत गएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले संविधानको संरक्षण र संवद्र्धनका लागि आफू अदालत पुगेको प्रष्ट पारेका हुन् । सापकोटाले संवैधानिक नियुक्तिप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

‘संसदीय सुनुवाइ बिना वा संसदीय सुनुवाइ छलेर कुनै पनि नियुक्ति हुनै सक्दैन । संविधानले संसदीय सुनुवाइ गर्नुपर्ने भनेपछि नियमावलीले संविधानको धारा २९२ विपरित हुने गरी सुनुवाइ नगरिकनै नियुक्ति गरिनु संविधान विपरित छ’, सापकोटाले भनेका छन्, ‘यसरी शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भएपछि म यस संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्बोच्च अदालतमा पुगेको छु । यो कदम विसुद्ध संविधानको संरक्षण र संवद्र्धनका लागि हो ।’

सापकोटाले आफ्नो यो कदमलाई संविधानको रक्षाका लागि भएको दाबी गरेका छन् । ‘मैले संविधानको रक्षाका खातिर नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रतिनिधिमुलक संस्था, प्रतिनिधि सभाको नेतृत्व प्रदान गर्ने प्रमुख पदाधिकारीको हैसियतमा जनताको तर्फबाट प्राप्त हुन आएको निहित अधिकारको प्रयोग गरेको हुँ’, उनले थ पभनेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome