सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

मांसाहारी आन्दोलनको अपराध नगर्न प्रचण्ड-नेपाल समूहलाई बादलको चेतावनी

२३ माघ, २०७७ १७:०७ मा प्रकाशित

710 पटक पढिएको

minister ram bahadur thapa

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलनको अपराध नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार नेकपा प्रधानमन्त्री केपी ओली समूहले गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका थापाले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई फुटवादी तत्वको संज्ञा दिँदै थापाले यस्तो चेतावनी दिएका हुन् ।

‘म यहाँबाट एउटा चेतावनी दिन चाहन्छु’, सभालाई सम्बोधन गर्दै थापाले भने, ‘तपाईं फुटवादी तत्व मंसाहारी आन्दोलनको अपराध गर्दै हुनुहुन्छ । त्यसका लागि सचेत रहनुहोस् ।’

नेता बादलले गणतन्त्रको रक्षाका निम्ति ऐतिहासिक नारायणहिटी दरबारको प्रांगणमा सभा गरेको बताए । ‘हामी नारायणहिटी दरबार प्रांगणमा सभा गर्दैछौँ । यसले नयाँ सन्देश दिएको छ । यसले हामी गणतन्त्रको रक्षा गर्न प्रतिवद्ध छौँ भन्ने सन्देश हामीले दिएका छौँ’, थापाले भने, ‘राजतन्त्रको स्थापना होइन गणतन्त्रको रक्षाका लागि यहाँ सभा भएको हो ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome