मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

२३ माघ, २०७७ १७:११ मा प्रकाशित

340 पटक पढिएको

prachanda and madhav nepal

काठमाडौं – आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ। आफ्नै पार्टीको नेतृत्वविरुद्ध सडकमा ओर्लिएको प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन्।

शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको आत्मसमीक्षा र स्वेतपत्रको तयारीमा जानकारी दिए। उनले भने, ‘स्वेतपत्रको तयारीमा छौँ हामी। भएको के हो यथार्थ? त्यो कुराको जानकारी जनतालाई पनि हुनुपर्‍यो।’

अहिले भएको विषयलाई इतिहासमा समावेश गराउनुपर्ने भएकाले पनि स्वेतपत्र ल्याउने उनको भनाई छ। उनले कहाँनेर त्रुटि भयो र किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं भन्ने विषयको आत्मसमीक्षा पनि गर्ने धारणा राखे।

उनले भने, ‘हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं।’

उनले प्रतिनिधी सभा विघटनको मुद्दा नेकपाको मात्र नभएको बताए। उनले व्यक्तिका टाउकालाई नहेरी मुद्दालाई हेर्न आग्रह गरे। उनले पञ्चायतका बेला पनि सडकमा ठूलाठूला पञ्चर्‍याली हुने गरेको स्मरण गराए। प्रचण्डले भने,‘सडकमा कसले बढी ल्यायो भन्ने कुरा होइन। सत्यको पक्षमा को छ, मुद्दाको पक्षमा को छ भन्ने हेर्नुस्‚’

उनले अहिले संघीयता बाधक नभएपनि नेतृत्व नै यसको विरुद्ध भएकाले बद्नाम गर्न खोजिएको टिप्पणी गरे। विरोधमा जनताको साथ उलेख्य रहेको बताउँदै उनले केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने चेतावनी दिए।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड-नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome