शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे : नेपाल

२३ माघ, २०७७ १७:१३ मा प्रकाशित

609 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रतिगमनविरुद्धको आन्दोलन नेकपाको मात्रै मामिला नभएको बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिला मात्र नसोच्न आग्रह गरेका हुन्।

उनले भने,‘केपी ओलीले पार्टीबाट सुरु गरे, राज्यलाई आफ्नो कब्जामा पार्ने कोसिस गर्न थालेका छन्, त्यो पनि गरे। र अब सिंगो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै निमोठ्दै-निमोठ्दै गइरहेका छन्। त्यसैले अब यो नठाने हुन्छ कि यो आन्दोलन नेकपाको मात्रै मामिला हो।’

कानूनीको शासन, विधीको शासनले आम हड्ताललाई जनसमुदायको समर्थन रहेको उल्लेख गर्दै उनले केपी ओलीले जेजे गर्छन् त्यो तमासा हेरेर नबस्ने धारणा राखे। आधिकारिक नेकपा आफूतिरै रहेको भन्दै ओली समुह चोइटिएर बालकोटको घेराभित्र सिमित हुन पुगेको उनको दाबी छ। आधिकारिक नेकपा आफूतिरै रहेको भन्दै ओली समुह चोइटिएर बालकोटको घेराभित्र सिमित हुन पुगेको बताए।

उनले आफूहरूसँग देशभरका जिल्ला कमिटी र कार्यकर्ताको बहुमत भएको बताउँदै त्यसमा आँखा नलगाउन चेतावनी दिए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दाबा कुनै अधिकार नभएकाले त्यो भन्दा अन्यथा केही भए देशमा अझ ठूला समस्या हुने धारणा राखे। उनले पार्टी बनाउन विधी, सिद्धान्त र प्रक्रिया मान्नुपर्ने बताए।

उनले ओलीको अपराधको इतिहासले हिसाब राख्ने बताए। नेपालले बन्दका क्रममा दैनिक ज्यालादारीमा परेको कष्टप्रति क्षमा पनि मागेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome