मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ५८ जनासहित देशभर थप १०५ जनामा कोरोना पुष्टि, २७२ डिस्चार्ज

२३ माघ, २०७७ १७:१७ मा प्रकाशित

707 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८ जनासहित देशभर थप १०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६७ हजार ५६४ जनाले कोरोना जितेका छन् ।

देशभर २ हजार १०८ जना संक्रिय संक्रमित रहेका छन् । ९२ जना क्वारेन्टाईनमा छन् भने २ हजार १०८ जना आईसोलेसनमा रहेका छन् । १३ जनाको भेन्टिलेटरमा र ६४ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome