बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

थप ९९ जनामा कोरोना पुष्टि, २४८ डिस्चार्ज

२५ माघ, २०७७ १६:४६ मा प्रकाशित

628 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २४८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६७ हजार ८१२ जनाले कोरोना जितेका छन् ।

देशभर १ हजार ९५९ जना संक्रिय संक्रमित रहेका छन् । ९५ जना क्वारेन्टाईनमा छन् भने १ हजार ९५९ जना आईसोलेसनमा रहेका छन् । १३ जनाको भेन्टिलेटरमा र ६४ जनाको आइसीयूमा उपचार भइरहेको छ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome