सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

सबै पार्टी मिलेर संयुक्त आन्दोलन गरे ओली सरकार एक हप्तामा ढल्छ : भट्टराई

२५ माघ, २०७७ १६:४८ मा प्रकाशित

173 पटक पढिएको

baburam bhattarai

धनकुटा – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त आन्दोलन गरे केपी ओली नेतृत्वको वर्तमान सरकार एक हप्तामा ढल्ने दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुरामले शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘केपी ओलीको असंवैधानिक कदमकोविरुद्ध नेकपा सडकमा छ । नेकपासहित सबै पार्टी मिलेर एक हप्ता सडक संघर्ष गर्ने हो भने वर्तमान सरकार ढल्छ’, बाबुरामले भने । उनले नेपाली जनता सडक संघर्षमा जानुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

भट्टराईले नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र ज्ञानेन्द्रको प्रतिक्रान्तिपछि केपी ओलीले प्रतिक्रान्ति गरेको आरोप लगाए । जनता समाजवादी पार्टी नेपाल धनकुटाले शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली जनताबाट जननिर्वाचित प्रधानमन्त्रीले अदालतलाई धम्की दिइरहेका छन’, उनले भने, ‘तर अदालतले नेपाली जनता र संविधानको पक्षमा काम गर्नेछ ।’

२००७ सालदेखि लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेस चुप लागेर बसेर हुन्छ भन्दै भट्टराईले कांग्रेसलाई प्रश्न गरे ।

त्यस्तै जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एक भाषा, एक देश र एक संस्कृतिको अन्धभक्तवादलाई अहिलेको सरकारले अंगाल्न खाजे त्यो गलत हुने बताए ।

सर्वोच्च अदालतले संसद पुस्र्थापना नगरे त्यो भन्दा ठूलो फैसला जनताको अदालतले गर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome