बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

बैतडी बलात्कार प्रकरण : एसएसपीसहितको सिआईबीको अनुसन्धान टोली घटनास्थलमा

२५ माघ, २०७७ १६:४९ मा प्रकाशित

256 पटक पढिएको

rape graphic

धनगढी – बालिका बलात्कार गरी हत्या भएको स्थानमा एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली पुगेको छ । शनिबार बिहान एसएसपी पाण्डे र डीएसपी नेतृत्वको सीआईबीको टोली घटनास्थल पुगेको हो ।

बुधबार बैतडीको दोगडा केदार गाउँपालिका–७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा–२ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपीको टोलीले शुक्रबार घटनास्थल मुचुल्का तयार पारे पनि प्रदेश प्रहरीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टिम घटनाको अनुसन्धानका खटेको हो ।

‘शनिबार घटनास्थलमा पुनः तालिम प्राप्त कुकुरसहित सर्च गरियो, पुरै वनमा टोलीले सर्च गरेको छ, पीडितको घरमा पनि पुगियो, आमा र आफन्तसँग पनि कुराकानी भएको छ’, अनुसन्धानमा खटिएका एसएसपी पाण्डेले भने ।

उनले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको बताए । एसएसपी पाण्डेको टोेली इलाका प्रहरी कार्यालय खोचलेकलाई आधार बनाएर त्यतै बसेको छ । ‘इलाका प्रहरी, जिल्ला प्रहरी र सीआईबीको टोली अनुसन्धानका लागि गाउँ गाउ गएको छ । मृतकका नजिकका साथीसँग बुझ्ने कार्यभइरहेको छ । शनिबार भएकाले विद्यालयका साथीसँग सोधपुछ हुन सकेन, तर आइतबार विद्यालयका सहपाठीसँग पनि सोधपुछ गरिनेछ’, एसएसपी पाण्डेले भने ।

डीएसपी नेतृत्वको सीआईबीको टोलीले बलात्कारपछि हत्या घटनाको टेक्निकल पाटो केलाई रहेको छ । धनगढीबाट लगिएका तालिमप्राप्त कुकुरले युवतीको शव भन्दा केही पर उसको ब्याट्री झिकेको पत्ता लगाएको छ ।

‘मोबाइलको सम्पर्क, एसएमएस, म्यासेन्जरसहितका टेक्निकल कुराको पनि अनुसन्धान भइरहेको छ’, एसएसपी पाण्डेले भने । उनले शनिबार साँझसम्म अनुसन्धानबाट हत्याको नजिक पुग्ने खासै आधार भने भेटाउन नपाएको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome