शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

निर्मलाको जस्तै भागरथीको दोषीले उन्मुक्ति नपाओस् : कोइराला

२५ माघ, २०७७ १६:५६ मा प्रकाशित

702 पटक पढिएको

shekhar koirala

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। उनले विगतमा निर्मला पन्त घटनाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस् भनी सरकारसँग आग्रहसमेत गरेका छन्।

‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विध्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु। उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।’आइतबार बिहान ट्वीट गर्दै कोइरालाले लेखेका छन्,‘विगतमा निर्मला पन्त घटनाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस्।’

दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भट्ट गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको थियो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले बैतडीमा भएको किशोरीको हत्या घटनालाई गम्भीरतासाथ लिएको बताएका छन्। बालिका बलात्कार गरी हत्या भएको स्थानमा एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपीको टोलीले शुक्रबार घटनास्थल मुचुल्का तयार पारे पनि प्रदेश प्रहरीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टिम घटनाको अनुसन्धानका खटेको हो। डीएसपी नेतृत्वको सीआईबीको टोलीले बलात्कारपछि हत्या घटनाको टेक्निकल पाटो केलाई रहेको छ। धनगढीबाट लगिएका तालिमप्राप्त कुकुरले युवतीको शव भन्दा केही पर उसको ब्याट्री झिकेको पत्ता लगाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome