मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

सिंहदरबारमा विद्यार्थीको धर्ना : हामी केही जान्दैनौँ, संसद् विघटन मान्दैनौँ

२५ माघ, २०७७ १६:५८ मा प्रकाशित

307 पटक पढिएको

student protest in singhaburbar

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियुले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजीसहित धर्ना दिएका हुन् । प्रदर्शन सहभागी विद्यार्थीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध चर्काचर्का नारबाजी गरेका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीले ‘हामी केही जान्दैनौँ, संसद विघटन मान्दैनौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, निरंकुशता मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, नालायक गृहमन्त्री मुर्दावाद, विधिको शासन लागू गर, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद, प्रतिगमन खारेज गर, प्रतिगामीहरु होसियार, असंवैधानिक कू खारेज गर, कुन्डले मण्डलेहरु होसियार, भारतीय दलाल होसियार, केपी ओली वी हेट यू’, प्रतिगमन ढालिन्छ, ओलीतन्त्र फालिन्छ, बलात्कारीलाई फाँसी देलगायत नाराबाजी गरेका छन्।

पुस ५ गते प्रधानमन्त्री प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि सत्तारुढ नेकपा दुई चिरा भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै प्रचण्ड–नेपाल समूहले आन्दोलन चर्काएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome