शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

संवैधानिक निकायको नियुक्तिविरुद्द सुनुवाइ जारी

२५ माघ, २०७७ १७:०२ मा प्रकाशित

396 पटक पढिएको

supreme court of nepal

काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा गरेको नियुक्ति वदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबार सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदातलका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।

संवैधानिक निकायमा गरेको नियुक्ति वदरको माग गर्दै सभामुख सापकोटा आफै सर्वोच्च अदालत गएर शुक्रबार ( माघ २३ गते) रिट दायर गरेका थिए। सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २१ गते (बुधबार) अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसअघि सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन र नियुक्तिको सिफारिस विवादास्पद भएको भन्दै सिफारिस परिषदमै फिर्ता पठाइ दिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायत संवैधानिक आयोगमा विवादास्पद रुपमा प्रधानमन्त्रीले गरेका नियुक्ति सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका थिए। उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए।

प्रधानमन्त्री केपी ओलीले गत पुस ३० गते अध्यक्षसहित तीन सदस्यको मात्रै उपस्थितिमा परिषदको बैठक सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएक थियो । त्यसपछि सभामुख सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको परिषदको बैठकले संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome