मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

थप ११९ जनामा कोरोना पुष्टि, २६० डिस्चार्ज

२५ माघ, २०७७ १७:१३ मा प्रकाशित

506 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ११९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६८ हजार ७२ जनाले कोरोना जितेका छन् ।

देशभर १ हजार ८१५ जना संक्रिय संक्रमित रहेका छन् । ९२ जना क्वारेन्टाईनमा छन् भने १ हजार ८१५ जना आईसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ । सरकारले दोस्रो चरणको खोप अभियान सोमबारबाट सुरु गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome