बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

तमोरको बाढीले ओलाङचुङगोलामा दुईवटा पुल बगायो

६ श्रावण, २०७७ १५:४६ मा प्रकाशित

903 पटक पढिएको

flood in tamor

ताप्लेजुङ – वर्षासँगै तमोर नदीमा आएको बाढीले चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलाका दुईवटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका-७ मा पर्ने उक्त पुल सोमबार राति बगाएको वडाध्यक्ष छेतेन भोटेले बताए । ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्‍की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठे पुल बगाएको हो ।

पुल बगाएपछि घाँस दाउराका लागि ओहोरदोहोर गर्न समस्या भएको भोटेको भनाइ छ । भोटेका अनुसार बाढीले तीब्बत जोड्ने सडक र चीनियाँ ठेकेदारको एउटा गाडी पनि बगाएको छ । सडक निर्माणका चीनियाँ निर्माण व्यावसायीले ल्याएको उक्त गाडी सडक अवरुद्ध भएपछि छाडेर गएका थिए ।

पक्की पुल १२ लाख र काठको पुल २ लाख रुपैयाँमा बनाइएको थियो । दुवै पुल आर्थीक वर्ष २०७५/०७६ मा निर्माण गरिएको थियो । तमोरको उद्गमस्थलमै पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीय तेञ्जिङ वालुङले बताए । मंगलबार दिउँसोसम्म पनि पानी पर्ने क्रम नरोकिएकाले नदीमा बाढी पनि घटेको छैन ।

उद्गमस्थलबाटै बाढी आएपछि तमोर नदी किनारका तापेथोक, सिँवा, थिवा, हान्द्रुङ, दोभान लगायतका बस्तीमा त्राश बढेको छ । नदीमा बाढी आएपछि रातभर जाग्राम बसेको दोभान बजारका मानबहादुर मोक्तानले बताए । तमोरमा एक दशकयताकै ठूलो बाढी आएको तापेथोकका सुसन लिम्बुले बताए । जिल्लाका काबेली, मेवा, मैवा, फावाखोला, इन्द्रावति लगायत नदीमा पनि पानीको सतह बढेको स्थानीयले बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome