आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

संसद पुनर्स्थापना नै उत्तम निकास : प्रचण्ड-नेपाल

२७ माघ, २०७७ १६:३६ मा प्रकाशित

263 पटक पढिएको

prachanda nepal meeting

काठमाडौं – प्रचण्ड-नेपाल समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । यसअघि सम्पादक, सञ्चार उद्यमी लगायतसँग भेट गरेका नेकपाका नेताहरुले मंगलबार विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

प्रचण्ड माधव समूहले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ । आमसभाको अघिल्लो बिहान अर्थात्, मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो ।

‘यसअघि हामीले सम्पादक, सञ्चार उद्यमीलगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरिसकेका छौँ । सोही अन्तरक्रियाको श्रृंखलाको रुपमा मंगलबारको भेटघाट भएको हो,’ नेकपा सम्बद्ध पत्रकार तथा नेता विष्णु रिजालले भने । नेता रिजालका अनुसार नेकपाले पछिल्लो अवस्थाबारे पत्रकारहरुसँग आफ्ना धारणा राखेको हो ।

प्रचण्ड निकट स्रोतका अनुसार अन्तरक्रियाको क्रममा प्रमुख नेताहरुले संसद पुनर्स्थापना नै उत्तम निकास भएकोमा जोड दिएका थिए ।

अन्तरक्रियाको क्रममा पत्रकारहरुले प्रधानमन्त्री केपी ओली समूहको २३ गतेको आमसभासँग जोडेर पनि प्रश्न गरेका थिए । नेकपाले आमसभालाई प्रतिष्पर्धाको रुपमा लिएको जस्ता जिज्ञासा अन्तरक्रियामा उठेका थिए । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह निरन्तर सडक आन्दोलनमा छ । उनीहरुले संसद पुनर्स्थापनाको माग गर्दैआएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome