शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ७९ सहित देशभर थप १६० जनामा कोरोना पुष्टि, १६५ डिस्चार्ज

२७ माघ, २०७७ १६:४३ मा प्रकाशित

381 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७९ जनासहित देशभर थप १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६८ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१७ सय ३७ जना आइसोलेसनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् । ६४ जनाको आइसीयूमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome