मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

प्रदेश १ को नाम विराट प्रदेश राख्न विराट राजवंशीहरुको माग

२७ माघ, २०७७ १६:४४ मा प्रकाशित

593 पटक पढिएको

rajbanshi on protest

विराटनगर – महाभारतकालदेखिको पौराणिक इतिहास रहेको विराट राजवंशीले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेका छन् । मत्स्य देशका राजासँग विराटसँग जोडिएका विराट राववंशीहरुले आफ्ना पहिचान झल्किने गरी प्रदेशको नाम विराट प्रदेश राख्न माग गरेका हुन् ।

लामो समयदेखि आदिवासी जनजापति प्रतिष्ठानमा छुट्टै सूचीकृत गर्न संघर्षरत उनीहरुले प्रदेशको नाम विराट प्रदेश राख्नुको विकल्प नभएको दाबी गरेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरेर विराट राजवंशीले आफ्नो पहिचान जोगाउन संघर्षका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेक छन् ।

मोरङ, सुनसरी, झापामा छरिएर बसेका उनीहरुले आफ्ना जातीय उत्थान, पहिचान र अधिकारका लागि एकीकृत भई माघ ३० गतेदेखि संघर्षका चरणवद्ध कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

उनीहरुले जातिय पहिचान, संस्कृति, वेशभूषा प्रदर्शन गर्नुको साथै आफ्ना जातीय उत्थान, अधिकार र पहिचानको स्थापना गर्न प्रदेश १ नाम विराट प्रदेश घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले विराट प्रदेश घोषणासँगै अन्य ९ बुँदे माग अगाडि सारेका छन् । यसका लागि उनीहरुले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome