शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

खाग तस्करीमा संलग्न गिरोह पक्राउ

२८ माघ, २०७७ १६:२५ मा प्रकाशित

759 पटक पढिएको

rhino horn

चितवन – गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ।

गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैडा मरेपछि अनुसन्धानको क्रममा ठूलो गिरोह समातिएको हो । उनीहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक ,एउटा स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर , पैसाको बण्डलजस्तै देखिने गरि कागजको बण्डल र केही खानेकुरा बरामद भएको छ ।

उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ

निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्या पक्राउ गर्न सफल भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome