शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

नक्कली सुन देखाइ ठगी गर्ने गिरोह पक्राउ

२९ माघ, २०७७ ०६:०१ मा प्रकाशित

611 पटक पढिएको

bulglars in custody

काठमाडौं – नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई महानगरिय अपराध महाशाखाकाको टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका ५ घर भई काठमाडौंको मछापोखरी बस्ने वर्ष ३२ का सन्त बहादुर लामा, नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भई काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने वर्ष ४५ का रीसमान घले, वर्ष २६ का राज तामाङ्ग, वर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग, वर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भई काठमाडौंको ताहचल बस्ने वर्ष ५३ का पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन ।

bulglars in custody

उनिहरुले २०७२ साल माघ १२ गते काठमाडौंको ताहचल बस्दै आएका एक व्यक्तीलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनि झुक्क्याएर बिक्री गरि ५५ लाख रुपैयाँ ठगी गरि फरार भएका थिए ।

bulglars in custody

ती व्यक्तिले आफू ठगिएको थाहा पाए पछि महानगरिय अपराध महाशाखामा उजुरी दिएका थियो ।

bulglars in custody

प्रहरीले खोजी गर्ने क्रममा उनिहरुलाई नगद ९ लाख ५० हजार रुपैयाँ, २ वटा मोटर्साइकल र ५ थान मोबाइल सहित राजधानीबाट नियन्त्रणमा लिएको महानगरिय अपराध महासाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

bike seized
cash seized
cell phone seized

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome