आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ६५ सहित देशभर थप १३४ जनामा कोरोना पुष्टि, ११८ डिस्चार्ज

२९ माघ, २०७७ ०६:०६ मा प्रकाशित

375 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६५ जनासहित देशभर थप १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उपत्यकामा काठमाडौंका ५५, ललितपुरका ४ र भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ४७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome