शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

धादिङमा मोटरसाइकल र ट्रक ठोक्किँदा आगलागी, दुईजनाको जलेर मृत्यु

२९ माघ, २०७७ १६:४६ मा प्रकाशित

299 पटक पढिएको

dhading accident

धादिङ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक एक ठक्कर खाएर भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ। थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको छ।

गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

घटनापछि मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन् भने उनको ठेगाना खुलेको छैन । अर्का एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome