बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा ९ सहित थप १५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,९९४ पुग्यो

६ श्रावण, २०७७ १७:३७ मा प्रकाशित

793 पटक पढिएको

corona positive

काठमाडौं – काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

संक्रमित हुनेमा काठमाडौंका ८ र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९सय ६३ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ७७ जनाको उपचार भइराखेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome