बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

थप ८१ जनामा कोरोना पुष्टि, १११ डिस्चार्ज

२९ माघ, २०७७ १६:५८ मा प्रकाशित

782 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६८ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१७ सय १८ जना आइसोलेसनमा रहेका छन् भने ८७ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५२ रहेको छ।

बुधबारदेखि सरकारले पीसीआरको शुल्क १ हजार रुपैयाँ घटाएको छ । यसअघि २ हजार रुपैयाँमा पीसीआर गर्ने निर्णय गरेको सरकारले बुधबारदेखि १ हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome