सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

विप्लवसहित चार दलको संयुक्त मोर्चाबन्दी हुँदै

२९ माघ, २०७७ १७:०२ मा प्रकाशित

389 पटक पढिएको

biplav

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलबीच संयुक्त मोर्चाबन्दी हुने भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो।

उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा त्यसको औपचारिक घोषणा गर्दैछन्। हाल विप्लवको समूहलाई सरकारले प्रतिबन्धत लगाएकाले नेता पक्राउ पर्न सक्ने भएकोले उनीहरु सहभागी हुने सम्भावना न्यून रहेको स्रोतले बतायो। तर विप्लवको सन्देश कार्यक्रममा सार्वजनिक हुनेछ। कार्यक्रममा अन्य पार्टीका शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ।

राष्ट्रिय राजनीतिको मूलधारमा नरहेका चार राजनीतिक दलले मोर्चाको अवधारणा-पत्र र संघर्षका कार्यक्रम घोषणा गर्ने बताइएको छ।

संसद विघटनपछिको विकसित राजनीतिक परिस्थितिमा संसदको पुनर्स्थापना तथा संसदको निर्वाचनबाट मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका समस्याहरुको वास्तविक समाधान नहुने उनीहरुको निष्कर्ष रहेको छ। सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ। तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome