सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

मुस्ताङमा ड्रोन उडाउँदै गरेका एक विदेशीसहित ३ नेपाली पक्राउ

२९ माघ, २०७७ १७:०३ मा प्रकाशित

430 पटक पढिएको

arrested illustration

जोमसोम – हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउँदै गरेका एक विदेशीसहित ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको दर्ताबिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमतीबिना मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा उडाएको भन्दै इलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले अमेरिकी नागरिक वर्ष २८ का जेम्स राईसहितका अरु ३ जना नेपाली पक्राउ गरेको हो।

ड्रोन क्यामेरासहित पक्राउ परेका अमेरिकी नागरिक राईको पोसपोर्ट नंम्बर ५९८९२२०४५ रहेको छ । अमेरिकाबाट ३० दिनको भिसा लिइ नेपाल आएका राईसहित अरु ३ नेपाली मोटरसाइकल चढेर मुस्ताङ आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले अमेरिकी नागरिक राईले प्रयोगको ७५० ग्राम वजनको मानवरहित हवाई उपकरण ड्रोन जफत गरेको छ भने पक्राउ परेका राईसहित अन्य ३ जनालाई सामान्य सोधपुछपछि छोडिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीहरुले मुक्तिनाथ दर्शन गर्ने क्रममा मनोरञ्जनका लागि ड्रोन उडाएको प्रहरी समक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरिएको ड्रोन क्यामेरा बिहिबार जोमसोम नागरिक उड्ययन कार्यालयमा बुझाउने बताएको छ । कृषि ,शिक्षा,स्वास्थ्य,वन तथा वातावरण ,कलासंस्कृति ,मनोरञ्जन ,विकास तथा पिपद् व्यवस्थापन ,सुरक्षा तथा आम संञ्चार जस्ता बिषयमा अध्ययन अनुसन्धान,सूचना सम्प्रेषण र सर्वेक्षण आदीका लागि ड्रोन उपयोग गर्ने व्यक्ति ,संघ र संस्था लगायतका निकायले नागरिक उड्डयन प्राधिकरणको अनुमती लिनु पर्ने हुन्छ ।

एक वर्ष उपल्लो मुस्ताङमा निशेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन उडाएको भन्दै स्थानीय प्रशासनले एक चिनिया नागरिकलाई पक्राउ गरी ड्रोन जफत गरिएको थियो । यस्तै उपल्लो मुस्ताङमा ड्रोन उडाएकोमा नेपाली कथानक चलचित्र सम्हालिन्छ कहिले मन युनिटको ड्रोन जफत गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome