बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

२९ माघ, २०७७ १९:०२ मा प्रकाशित

608 पटक पढिएको

ramkumari jhakri

काठमाडौं – बिहीबार दिउँसो पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएकी हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापका अनुसार झाँक्रीलाई साँझ रिहा गरिएको हो । राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको हो ।

उनको रिहाइको माग गर्दै नेकपा युवा संगठनले बिहीबार नै आन्दोलन चर्काएका थिए ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार शंखमूलस्थित घरबाटै पक्राउ गरेको थियो । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग झाँक्रीविरुद्ध छ। झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई निर्देशन दिएका थिए।

प्रहरीले हाजिर हुन बोलाए पनि उनी नगएपछि महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको टोली बिहीबार पक्राउ पुर्जी लिएर शंखमूल पुगेको थियो। नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार दिउँसो नै विज्ञप्ति सार्वजनिक गर्दै झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome