आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

भगीरथीलाई न्याय दिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

३० माघ, २०७७ ०७:०८ मा प्रकाशित

701 पटक पढिएको

request letter to home minister

काठमाडौं – बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षीय किशोरी भागरथी भट्टको यहि मिति २०७७ माघ २२ गते विद्यालयबाट घर फर्किदै गर्दा बलात्कार पछि गरिएको बीभत्स हत्याको यतिका दिनसम्म पनि राज्यले अपराधी पत्ता लगाउन र कानुनी कठघरामा ल्याउन नसकेको प्रती बहिर्गमित जनमुक्ति सेना नेपालले गम्भिर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

संगठनले एक किशोरीमाथि भएको क्रुरतापुर्वक बलात्कार र हत्याको घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त घृणित कार्य गर्ने अपराधीलाई चाँडो भन्दा चाँडो पक्राउ गरि कडा भन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिलाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

विगत लामो समयदेखि बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण, यौन दुर्ववहार, चोरी डकैती, भय, त्रास, धम्की लगायत अपराधीक घटनाहरु देशमा दिनानुदिन एकपछि अर्को गरि बढिरहनु र विगतमा घटेका घटनाहरु आजसम्म पनि किनार नलाग्नुले राज्य र पुलिस प्रशासन प्रति जनता विश्वस्त हुन नसक्ने अवस्था सृजना भएको छ । कतै न्याय त मर्दैन ? भन्ने आशंकाहरु तमाम जनतामाझ पैदा भएको छ ।

नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई स्वतन्त्रता, समानता, न्याय जस्ता मौलिक हक अधिकार प्रदान गरेको परिप्रेक्षमा विगतका घटनालाई हेर्दा नागरिकहरुले न्याय नपाउने अवस्था राज्यका लागी हदैसम्मको लजास्पद विषय हो ।

पटकपटकका सत्ता संचालक र राज्य गैरजिम्मेवार बन्नु, अपराधीलाई राजनीतिक संरक्षण दिनु, खुकुलो कानुन बनाउनु र नियम कानुन नै पैसामा किनबेच गर्नु यसको कारक तत्त्व हुन् ।

त्यसैले यस्ता किसिमका रवैयादेखि राज्यका जिम्मेवार व्यक्तिहरु सचेत हुन र सम्पूर्ण नेपाली नागरिकलाई न्याय दिलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न बहिर्गमित जनमुक्ति सेना नेपालले नेपाल सरकार समक्ष जोडदार माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome