बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

भगिरथीको न्यायका लागि जाजरकोटमा विद्यार्थीको प्रदर्शन

३० माघ, २०७७ १६:२७ मा प्रकाशित

827 पटक पढिएको

student protest in jajarkot

जाजरकोट – बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भगिरथी भट्टको न्यायको लागि जाजरकोटका विद्यार्थी प्रर्दशनमा उत्रिएका छन्।

घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाहीका लागि दबाब दिन आयोजित र्यालीमा स्कुले विद्यार्थी सहभागी भएका हुन्। विद्यार्थीले न्यायको माग गदै प्रर्दशन गरे।

यो देशमा छोरीको लागि र कानुन छ कि छैन ? के यो देशमा स्वतन्त्रतापूर्वक छोरीले बाँच्न पाउदैनन ? बलात्कारी र हत्यारा कहिलेसम्म जोगाइने हुन ? त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा शारदा खड्काले प्रश्न गदै भनिन्, ‘बलात्कारी र हत्यारालाई कारवाही हुँदैन ?’

जाजरकोट सदरमुकाम खलंगामा आयोजित विरोध र्यालीमा सहभागी शारदाले बैतडीमा माघ २१ गते बलात्कारपछि विभत्स रुपले हत्या गरिएकी भागिरथी भट्टको लागि न्याय माग्दै प्रश्न गरेकी हुन्। उनी मात्र होइन जाजरकोटका सयौँ विद्यार्थी हातमा प्ले कार्ड बोकेर न्यायका लागि सडकमा उक्रिएका हुन्।

विद्यार्थीले नारा जुलुससहित बजार परिक्रमा गरेका थिए। प्रर्दशनपछिको कोणसभालाई परिवर्तनका लागि युवा अभियान जाजरकोटकी संयोजक विजया खत्रीले महिला राष्ट्रपति भएको देशमा छोरीको बाँच्न पाउने स्वतन्त्रता खुलेआम खोसिदा पनि राज्य चुप हुनु दुर्भाग्य भएको बताइन्।

विरोधसभामा बोल्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले निर्मला पन्त र भागीरथी भट्टको बलात्कार र हत्याको घटनाले गणतन्त्रलाइ नै गिज्याइरहेको बताए।

यस्तै कार्यक्रममा परिवर्तनका लागि युवा अभियानका अगुवा अनिशकुमार कार्कीले पटक पटक बालिकाको बलात्कार र हत्या हुँदा पनि राज्यको ध्यान गम्भीर नहुनु दुर्भाग्य भएको बताए।

गत माघ २१ गते बलात्कारपछि विभत्स हत्या गरिएकी वैतडीकी १७ वर्षिया बालिका भागीरथी भटका हत्यारालाई फाँसीको सजाय हुनु पर्ने भन्दै जाजरकोटमा स्कुले बालबालिका आन्दोलित भएका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome