बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

भारतको इशारामा ओलीले संसद विघटन गरेको केसीको आरोप

३० माघ, २०७७ १६:३० मा प्रकाशित

533 पटक पढिएको

chitra bahadur kc

सन्धिखर्क – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् । उनले दरवारीय र संकृणवादी कम्युनिस्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताए ।

संसद विघटन भएपछि दरवारिया र विदेशीको चलखेल सुरु भएको उनको आरोप छ । अमेरिकाले भनेको एमसीसी पारित नहुँदा र भारतले हडपेको लिम्पियाधुरा र कालापानीलगायतको भूभाग समेटेर नक्सा पारित गरेपछि उनीहरुकै इशारामा ओलीले संसद विघटन गरेको उनको आरोप छ ।

उनले प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनस्र्थापना नभए देशमा संकटकाल लाग्ने बताए । संसद पुनस्र्थापनाको पक्षमा सबै दलहरु एक भएर आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए।

प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताए । राष्ट्रपति संविधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिस विचार गरेर मात्र कार्यन्वयन गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका सबै दलहरु ०६२/६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता बचाउन संसद पुनस्र्थापनाको विकल्प नभएको कारण संसद पुनस्र्थापनाका लागि राष्ट्रिय स्तरमा सर्वदलिय आन्दोलन जरुरी रहेको उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलसँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताए ।कम्युनिस्ट पार्टीमा २ वटा अध्यक्ष हुनै नसक्ने भएको बताउदै उनले नेकपाको ओली समुह तथा माधब–प्रचण्ड दुबै समुह सच्चा कम्युनिस्ट नभएको उनले बताए । ओली हिटलरीशैलीमा अगाडी बढेको र उनको पतन भएरै जाने केसीको आरोप छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome