सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

महिला हिंसा र प्रतिगमनविरुद्ध राजधानीमा महिला मार्च

३० माघ, २०७७ १६:३६ मा प्रकाशित

503 पटक पढिएको

women march in kathmandu

काठमाडौं – शुक्रबार राजधानीमा महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च भएको छ ।

काठमाडौंको वसन्तपुराट सुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको हो । मार्चको क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो ।

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरे । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागीता थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome