शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

थप १२७ जनामा कोरोना पुष्टि, १३६ डिस्चार्ज

१ फाल्गुन, २०७७ ०८:२२ मा प्रकाशित

718 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६८ हजार ७९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१७ सय ७ जना आइसोलेसनमा रहेका छन् भने ७९ जना क्वारेन्टाईनमा छन् । यस्तै ६२ जनाको आइसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome