शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

लमजुङमा जीप दुर्घटना : सुपरदोर्दीका तीन कर्मचारीको मृत्यु

१ फाल्गुन, २०७७ ०८:३२ मा प्रकाशित

458 पटक पढिएको

3 super dordi employees killed in accident

बेंसीसहर – लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ ।

बिहीबार जीप दुर्घटनामा परी आयोजनाका तीनजना कर्मचारीको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले जानकारी दिए ।

बिहीबार आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार साँझ दुर्घटना हुँदा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राईको घटनास्थलमा मृत्यु भएको थियो ।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको विसं २०७५ भित्रै व्यवसायिक उत्पादन मिति रहेकोमा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome