बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

वीरगन्जमा पेस्तोलसहित एक युवक पक्राउ

१ फाल्गुन, २०७७ ०८:४० मा प्रकाशित

692 पटक पढिएको

boy arrested with pistol

वीरगन्ज – वीरगन्जबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका २५ सिर्सियाबाट प्रहरीले नलकटुवा पेस्तोलसहित सिर्सियाकै २४ वर्षीय रामा भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो ।

वीरगन्ज बजारबाट सिर्सियातर्फ जादै गरेको बी आर ५ ए एफ ४६४७ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको हो ।

पेस्तोलसहित पक्राउ परेका साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।

boy arrested with pistol

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome