शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

जोशी दम्पतीले गरे शरीर दान गर्ने घोषणा

१ फाल्गुन, २०७७ ०८:४७ मा प्रकाशित

851 पटक पढिएको

satya mohan joshi and radha joshi

ललितपुर – वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान गर्न लागेको संस्कृतिविद् जोशीले बताए ।

नई प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार आयोजना गरेको कार्यक्रममा जोशीले शरीर दान गर्न लागेको बताएका हुन् । वैशाख ३१ गते एक सय दुई वर्ष पुग्न लागेका जोशीले आफ्नो शरीरको कुन अंग कुन अवस्थामा रहेछ र कसरी काम गर्दै छ भन्ने अध्ययनपछि थाहा हुने बताए । मृत्युपछि आफ्नो शरीर किस्ट मेडिकल कलेजलाई अर्पण गर्ने जोशी दम्पतीले जनाएका हुन् ।

जोशी पत्नी राधादेवी ९६ वर्ष पुगिन् । जोशी हिँड्डुल गर्न सक्छन् । तर, राधादेवी बाथको समस्याका कारण यताउता गर्न सक्दिनन् । आँखाको समस्या पनि रहेको उनले बताइन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome