सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

शेयरमा अंशवण्डा खोज्दा गुण्डा लगाएर परिवारमाथि कुटपिट

१ फाल्गुन, २०७७ ०८:५९ मा प्रकाशित

368 पटक पढिएको

physical assault

काठमाडौं – अंशवण्डा मुद्दामा शेयर बाँडफाडको भाग खोज्न जाँदा आफ्नै बाबुले गुण्डा लगाएर छोरा, छोरी र श्रीमतिमाथि कुटपिट गरेका छन् ।

मिनभवनस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ ल को परिसर भित्रै एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीले गुण्डा बोलाएर शेयरधनीहरु निरमाया भण्डारी, अल्पना भण्डारी, स्वेता भण्डारी र उनका छोरा निरज भण्डारीमाथि कुटपिट गरेका हुन् ।

उक्त एकेडेमीको नाममा रहेका शेयरहरु अल्पना, नरमाया र स्वेताको नाममा ६२ हजार पाँच सय कित्ता कायम भएको थियो । नरमाया देवन्द्रको साली हुन् । सुरुमा देवेन्द्रले सबै सम्पत्ति किर्ते गरेर हत्याउने प्रयास गरेपछि उनका परिवार अदालतको ढोका ढकढकाउन बाध्य भएका थिए ।

२०६७ देखिको अशंमुद्दामा भक्तपुर जिल्ला अदालतले गत कात्तिक आठ गते निरमाया, अल्पना र स्वेताको नाममा शेयरहरु बराबर बाँडफाड गर्ने फैसला गरेपछि उनीहरु बिहीबार चक्रवर्तीमा देवेन्द्रलाई ध्यानाकर्षण गर्न पुगेका थिए ।

तर, देवन्द्रले पत्र बुझ्नुको साटो उल्टै गुण्डा लगाएर कुटपिट गरेकाको पीडितको आरोप छ । देवेन्द्रले लगाएका गुण्डाले कुटेर निजरको नाक, आँखा र दाँतमा चोट लागेको छ । अश्लील शब्दमा उत्रिएका देवेन्द्रका गुण्डाहरुले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो । तर, कुटपिटमा संलग्न भागीसकेका थिए।

निरजकी दिदी एवं शेयर हकदार अल्पनाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएकी छिन् । उनले भनिन्, ‘हामीले अदालतको आदेश र कम्पनी रजिष्ट्रार कार्यालयको पत्रानुसार आफ्नो शेयर हकदावीबारे पत्र लिएर जाँदा उल्टै हामीमाथि नै हमला भयो । कानुनी राजमा यस्तो कसरी सहन सकिन्छ ।’

रजिष्टार कार्यालयले कसको भागमा कति शेयर भनेर उल्लेख गरिदिएको छ । जसअनुसार यही माघ २५ गते मात्रै रजिष्ट्रारको कार्यालयले देवेन्द्रको श्रीमती निरमायाको भागमा ५० हजार थान, देवेन्द्रको भागमा दुई लाख ६२ हजार पाँच सय थान, अल्पना, नरमाया र स्वेताको नाममा ६२ हजार पाँच सय थान शेयर रहेको पत्र रजिष्टारको कार्यालयले उल्लेख गरिदिएको छ ।

देवेन्द्रका छोरा निरजले भने, ‘मेरो बाबु हो । मैले धेरै अन्याय सहेँ । आज अदालतको आदेश र कम्पनी रजिष्ट्रार कार्यालयको पत्र लिएर शेयर भाग लिन जाँदा उल्टै गुण्डा लगाएर कुटिीट गर्नुभयो । अब चुप लागेर बस्दिन ।’

पूर्व प्रहरी निरिक्षकसमेत रहेका देवेन्द्र यसअघि पनि विभिन्न फौजदारी अभियोगमा पक्राउ परि छुटेका थिए । उनीविरुद्ध नक्कली सर्टिफिकेट प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा चलाएको थियो ।

कुटपिटका सम्बन्धमा देवेन्द्रसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल स्वीच अफ थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डिएसपी दक्षकुमार बस्नेतले घटना थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेको बताए । उनका अनुसार घटनामा संलग्नविरुद्ध किटानी जाहेरी लिएर अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome