मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

निर्मला र भगीरथीका हत्यारालाई पानीमुनि गए नि छोडिन्न : प्रधामन्त्री ओली

१ फाल्गुन, २०७७ १९:१५ मा प्रकाशित

429 पटक पढिएको

prime minister kp oli

वुटवल – प्रधामन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भगीरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार वुटवलमा आयोजित नेकपा ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै कुनामा गएर बसे पनि हत्यारालाई कारवाही गरिछाड्ने आश्वासन दिए ।

“सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्मला हत्याकाण्ड र भगीरथीहत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिनेछैन ।’

उनले अघि थपेका छन्, ‘एक दुई दिन लुकेर बस्लान् एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । पूराका पूरा सजाय गराएर छाड्नेछौँ ।’

केही समयभित्रै बैतडीकी भगीरथी र निर्मला पन्तका हत्यारा कठघरामा ल्याएर कारवाहीको दायरामा ल्याउने उनले दाबी गरे । “पहिले इँटाभट्टमा मान्छे जलाएर मिलेमतोमा मन्त्री बनाएका अपराधीलाई हामीले झेलमा हालेका छौँ’, ओलीले भने, ‘१२ वर्ष अगाडीका अपराधीलाई जेलमा हालेका छौँ । अहिलेका अपराधीलाई पनि छोडिने छैन ।’

त्यस्तै ओलीले सरकारी जग्गा हडप्नेहरुलाई समेत सरकारले कानुनी कठघरामा ल्याइछाड्ने दाबी गरे । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत अपराधी पत्ता लागेको छैन।

यसैबीच बैतडीको दोगडाकेदारकी भगीरथीभट्टको समेत बलात्कारपछि हत्या भएको १० दिन बितिसक्दा समेत दोषीमाथि कारवाही हुन सकिरहेको छैन । दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले १० दिनदेखि अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभा हेर्न बुटवल आउन आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट दुई समूहमा विभाजितत भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।

दुवै समूहले आफ्नो पक्षमा कार्यकर्ता रहेको देखाउन सभा र सम्मेलन गर्दै आएका छन् । सोही क्रममा शनिबार बुटवमाल आयोजित सभालाई ओलीले सम्बोधन गरेका हुन् ।

माघ २८ गते काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभामा बोल्दै प्रचण्डले ओलीलाई सभा भनेको यस्तो हुन्छ भनेका थिए । त्यसको जवाफ दिँदै ओलीले शनिबार सभा हेर्न बुटवल आउन प्रचण्डलाई भनेका हुन् ।

‘तीन दिन अगाडि मात्र देशभरका मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि, सभा हेर्न यहाँ आऊ केपी ओली भनेर केही मान्छेले भनेका थिए’, प्रचण्डतर्फ लक्षित गर्दै उनको नाम नलिइ ओलीले भने, ‘आज देशभरको होइन । लुम्बिनी प्रदेशको बुलटवलमा आयोजित सभालाई हेर्न आउन उहाँहरुलाई आग्रह गर्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ ?’

विकास देखेर आत्तिएकाहरु सरकार ढलाउन लागिपरे

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विकास गरिरहेको काम देखेर विपक्षीहरु सरकार ढलाउन लागिपरेको आरोप लगाएका छन् ।

पहिलो दुई वर्षमै भएको काम देखेर आत्तिएकाहरुले देशी–विदेशी शक्तिको आडमा सरकार र आफू विरुद्ध मोर्चाबन्दी गरेको ओलीले बताए । ‘सरकारले मुलुक निर्माणको काममा फड्को मार्‍यो । यसलाई आफ्नै पार्टीभित्रका कतिपयले देख्न सकेनन्, ओलीले भने,–‘पाँच वर्षसम्म ओलीले काम गर्न पायो भने त आगामी निर्वाचनमा आफ्नो बाकसै खाली हुन्छ भन्ने डरले देशी विदेशी शक्ति मेरा विरुद्ध लागे ।’

लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सरकार र आफू विरुद्ध षड्यन्त्र सुरु भएको उनको भनाइ थियो । नेकपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको एजेण्डा विकास र समृद्धि मात्रै रहेको बताए ।

‘मेरो नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पुरा भएको छ । यो बीचमा धेरै काम भएका छन, मैले असोज ३ गते कामको विवरण टेलिभिजनबाट भन्नेछु, सबैले हेर्नुहोला,’ ओलीले आग्रह गरे ।

यो सरकार गठन भएपछि भएका महत्वपूर्ण काम आफ्नै पार्टीका कतिपय नदेखी विरोधमा उत्रिने गरेको बताए । ‘उहाँहरु (प्रचण्ड–नेपाल)ले कहिल्यै विकास देख्नु भएन, अरु टेलिभिजनबाट सरकारलाई गाली गर्नुभयो,’ उनले भने,–‘अहिले सडकबाट गाली पुराण नै चलिरहेको छ । माघ २८ गते काठमाण्डौंमा गाली पुराणको १७ औंसम्म आयो ।’

नेकपा फुटेको नभइ पार्टीको आचरणलाई धमिल्याउने तत्वहरु निस्किएको उनले बताए । यसले सिंगो पार्टीलाई कुनै असर नपर्ने भन्दै ओलीले उनीहरु बाहिरिएपछि पार्टी रफ्तारमा अघि बढेको बताए । ‘उनीहरु रहदासम्म संवैधानिक आयोगहरु पनि रिक्त भए, अहिले नियुक्ति भएको छ । पार्टी पनि चलायमान भएको छ,’ उनले भने । कायकर्ताको साथ आफूहरुसँगै भएको भन्दै उनले प्रचण्डलाई बुटवलको सभा हेर्न आउन आग्रह समेत गरे ।

अध्यक्ष ओलीले परिवार केन्द्रीत कल्याणमा लागेकाहरुसँग कुनै प्रतिष्पर्धा नभएको भन्दै आफूहरु विकास, समृद्धिको पक्षमा रहेको जिकिर गरे । उनीहरुको मिसन कुनै हालतमा केपी ओलीलाई सरकार र पार्टीबाट हटाउने रहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रतिष्पर्धा गर्न चाहनेहरुलाई आगामी चुनावको मतगणनामा आउन आग्रह गरे । आफ्नो नेतृत्वको पार्टीले ५० लाख लोकप्रिय मत र बहुमत प्रत्यक्ष निर्वाचित सिट ल्याउने दावी उनले गरे । मुलुकलाई अस्थिरताबाट बचाउन आफूले संविधान अनुरुप नै संसद विघटन गरेको पनि ओलीले दावी गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome