सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

ओलीको प्रतिगामी कदम छिट्टै परास्त हुन्छ : प्रचण्ड

१ फाल्गुन, २०७७ १९:१७ मा प्रकाशित

209 पटक पढिएको

pushpa kamal dahal prachanda

सिन्धुली – प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको प्रतिगामी कदम छिट्टै परास्त हुने ठोकुवा गरेका छन् ।

शनिबार सिन्धुलीको कपिलाकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घटन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शक्ति दुरुपयोग गर्दै संविधान, लोकतन्त्र र संघियता माथि प्रतिगमनकारी कदम चालेको उल्लेख गर्दै यस्तो कदम अब धेरै दिन नटिक्ने बताए ।

उनले भने, ‘ओली सरकारले संविधान र लोकतन्त्रको मुल मर्ममाथि प्रहार हुने गरी प्रतिमगनकारी कदम चालेका छन् । मलाई के विश्वास छ भने छिट्टै प्रतिगामी कदम परास्त हुनेछ । नेपाली जनताको बलिदानीको उपलब्धीको रुपमा आएको संविधान र लोकतन्त्र ट्रयाकमा आउने छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जम्मा ४ मिनेटको छोटो भाषणमा ओली सरकारको प्रतिगमन विरुद्ध एकजुट भएर संघर्षमा उत्रन आह्वान समेत गरे ।

सिन्धुलीलाई तत्कालीन माओवादीले सुरु गरेको शसस्त्र जनयुद्धको उद्गम भुमि समेत मानिन्छ । शनिबारको भाषणको क्रममा समेत प्रचण्डले २६ औं जनयुद्ध दिवसको सन्दर्भ उठाउँदै जनआन्दोलन र जनयुद्धबाट स्थापित उपलब्धीको रक्षाका लागि संघर्षमा उत्रन सबैलाई आह्वान समेत गरे ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले ओली सरकारले चालेको कदम धेरै नटिक्ने भन्दै प्रतिनिधिसभा पुनस्थापना भएरै छाड्ने बताए । उनले नेकपाको आधिकारिकता समेत प्रचण्ड–नेपाल समुहले पाउने स्पष्ट पारे ।

नेकपाका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले प्रधानमन्त्री ओलीले सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाए । नेकपा केन्द्रीय सदस्य तथा सिन्धुलीका अध्यक्ष राजन दाहालले प्रतिगमनकारीलाई जनताले नै घुँडा टेकाउने चेतावनी दिए । मरिण गाउँपलिकाले ४ करोड ९९ लाख ९६ हजार रुपैयाँको लागतमा लिफ्ट सहितको सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome