बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

६ ‘ए’ डिभिजन फुटबल क्लबलाई क्लबलाई महानगरको सहयोग

२३ असार, २०७७ ०३:०२ मा प्रकाशित

795 पटक पढिएको

kathmandu metropolitan city office

काठमाडौं, २३ असार : काठमाडौं महानगरभित्र रहेका ‘ए’ डिभिजन फुटबल क्लबलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । महानगरमा फुटबल खेलको विकासमा योगदान पुर्‍याउँदै आएका ६ क्लबलाई महानगरले १०÷१० लाख रुपैयाँ सहयोग गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार क्लबका पदाधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

महानगरले क्लबहरूलाई २०७६ सालको सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग पाउने क्लबमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, हिमालय शेर्पा, एनआरटी, संकटा र सरस्वती क्लब छन् । सरस्वती यसपटक रेलिगेसनमा परेको छ ।

फुटबल खेलको विकास र प्रवद्र्धनका लागि महानगरले २०७५ सालदेखि काठमाडौं भित्रका ‘ए’ डिभिजन क्लबलाई सहयोगको घोषणा गरेको थियो । महानगरले २०७६ सालमा ‘बी’ डिभिजन क्लबलाई तीन लाख र ‘सी’ डिभिजन क्लबलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण ‘बी’ र ‘सी’ डिभिजन रोकिएका कारण २०७७ सालभित्र दुई वर्षको सहयोग एकै पटक प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले कोरोनाका कारण सहयोग रकम हस्तान्तरण केही ढिलो भएको बताए । उनले महानगरले खेलकुद विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरसँग मिलेर फुटबलका थप गतिविधि सञ्चालन गर्ने बताए । शेर्पाले काठमाडौं महानगरको सहयोगले उपत्यका बाहिरका नगरपालिकालाई पनि खेलकुदमा सहयोग गर्न प्रेरित गरेको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome