मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

आँबुखैरेनीमा ग्यास बुलेटलेको ठक्करबाट एक युवतीको मृत्यु

२ फाल्गुन, २०७७ १६:०४ मा प्रकाशित

238 पटक पढिएको

damauli mishap

दमौली – आँबूखैरेनी ३ आँबुखैरेनी चोकमा ग्यास बुलेटलेको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटको ठक्करबाट ना.१९ प ९२४ नम्बरको मोटरसाइकल ग.३ च २०८४ नम्बरको कारमा ठक्कर खाँदा लम्जुङ मध्यनेपाल न.पा ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा बस्ने ३० वर्षीय पंकज कुमार, ना.१९ प ९२४ नम्बरको मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका ४ बस्ने ५१ वर्षीय युवराज घिमिरे घाइते छन् ।

यसैगरी मोटरसाइलक चालक स्याङजा चापाकोट न.पा ८ बगैचा बस्ने ३७ वर्षीय श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome